रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग फाइदाजनक

काठमाडौं । रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग खानु फाइदाजनक हुने एक अध्ययनले देखाएको छ ।

अण्डाको सेतो भागमा रक्तचाप नियन्त्रण गर्ने पोषक तत्व रहने भएको कारण तौल बढ्छ भन्ने समस्या नहुने र अण्डामा एउटा राम्रो औषधिय गुण पनि रहेको पत्ता लागेको हो ।

अध्ययनअनुसार अण्डाको सेतो भागमा कुनै नकारात्मक असर हुँदैन । बरु रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी वैज्ञानिकहरुद्वारा गरिएको एक अध्ययनले पत्ता लगाएको हो ।

अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५ औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा यस अध्ययनलाई लिइएको थियो । अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यूकाअनुसार अण्डा विश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि रहेको निस्कर्ष निकालिएको छ ।

अण्डाको पहेँलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेँलो भाग खान नचाहनेहरुका बीचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय छ । अहिले आएर यसले रक्तचापलाईसमेत नियन्त्रणमा राख्ने कुरा अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here