मेसीलाई दुई खेलको प्रतिबन्ध, कुन-कुन खेल गुम्यो ?

काठमाडौं, ६ माघ । लियोनेल मेसीलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । मेसीलाई स्पेनिस फुटबल फेडेरेसनले दुई खेलको प्रतिबन्ध लगाएको छ ।

मेसोले मेसीले स्पेनिस सुपरकोपाको फाइनल खेलमा एथलेटिक बिल्बाओविरुद्धको खेलको अन्तिम तिर बार्सिलोनाको आफ्नो क्यारियरमा पहिलो पटक रातो कार्ड पाएका थिए ।

अतिरिक्त समयमा गएको खेलको १२१ औ मिनेटमा मेसीले बिल्बाओका खेलाडीलाई धक्का दिएर लडाएपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।

यो प्रतिबन्धपछि मेसीले अब बार्सिलोनाका कोपा डेल रे को राउण्ड ३२ को कोर्नेलाविरुद्धको खेल र ला लिगाको एइचविरुद्धको खेल गुमाउने भएका छन् ।

बार्सिलोनाका लागि ७५३औ खेलमा मेसीले पहिलो रातो कार्ड पाएकाले यस को चर्चा अहिले चलिरहेको छ । यो खेल बार्सिलोनाले ३(२ गोल अन्तरले गुमाएको थियो ।

मेसीको फुटबल क्यारियरमा भने यो तेस्रो रेड कार्ड हो । यसअघि अर्जेन्टिनाबाट खेल्दा दुई पटक रातो कार्ड पाएका छन् ।

मेसीले पहिलो रातो कार्ड डेभ्यु खेलमै मेसीले रातो कार्ड पाएका थिए भने दोस्रो रातो कार्ड सन २०१९ को कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here