रोनाल्डोको गोलमा युभेन्टसलाई सुपर कपको उपाधि

काठमाडौं । युभेन्टसले इटालीयन सुपरकोपाको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा युभेन्टसले नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै सुपरकोपा इटालीयानाको उपाधि जितेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरेका थिए । युभेन्टसका पूर्वमिडफिल्डर आन्द्रे पिर्लोले प्रशिक्षकका रुपमा पहिलो उपाधि उचाले।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रोनाल्डोले खेलको ६४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै मोराटाले खेलको ९५औ मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए ।

२०१८ मा रोयल म्याड्रिड छोडेर युभेन्टस आएका रोनाल्डोले युभेन्टसमा योसहित चौथो उपाधि जितेका छन् । रोनाल्डोको करियरमा यो ७६०औं गोल हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here