सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य पुन बढ्न थालेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो ।

बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढ्यो । बिहीबार चाँदीको कारोबार मूल्य १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here