कोपा डेल रेः बार्सिलोना आज कार्नेल्लासंग भिड्दै

काठमाडौं । स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे मा आज बार्सिलोना अन्तिम ३२ को खेलमा तेस्रो डिभिजनको क्लब कार्नेल्लासंग भिड्दै छ ।

कार्नेल्लाको घरेलु मैदानमा रातको १ः४५ बजेबाट सुरु हुने खेलमा दुवै टोलि एक अर्कालाई हराउने लक्ष्य सहित मैदानमा उत्रनेछन् ।

अघिल्लो खेलमा एथ्लेटिको मड्रिडलाई हराउदै अन्तिम ३२ मा आएको कार्नेल्ला उच्च मनोबल सहति मैदान प्रवेश गर्नेछ ।

यता भर्खरै सुपर कपको फाइनलमा पराजित भएको बार्सिलोना भने केही दबाबमा देखिने छ ।

कोपा डेल रे को प्रमुख दाबेदार मानिएका एथ्लेटिको मड्रिड र रियल मड्रिड यसअघि नै तेस्रो डिभिजनको क्लबसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here