इस्लामिकले लियो बगदादमा भएको दोहोरो विष्फोटको जिम्मेवारी

काठमाडौं । इस्लामिक स्टेट (आईएस) ले इराकको राजधानी बगदादमा भएको दोहोरो विष्फोटको जिम्मेवारी लिएको छ ।

बिहीबार भएका ति हमलामा ३२ जनाको मृत्यू भएको थियो भने एक सय भन्दा बढी मानिस घाइते भएका थिए । शिया मुसलमानहरुलाइ लक्षित गरी हमला गरीएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

बगदादमा विगत तीन बर्ष यताको यो सबैभन्दा ठूलो आक्रमण हो । इराकी सेनाले दिएको जानकारी अनुसार बिहीबार बगदादको व्यस्त व्यवसायिक क्षेत्रमा विष्फोट गराइएको थियो ।

इराकी सेनाका अनुसार बगदादको टायारन चोक नजिकै बब अल सर्जी क्षेत्रमा दुई विष्फोट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here