स्पेनिस ला लिगा : आज बार्सिलोना एल्चेसंग भिड्दै, तेस्रो स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना एल्चेसंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति ९ बजेबाट सुरु हुने खेलमा लिगको चौंथा स्थानमा रहेको बार्सिलोना १८ औं स्थानमा रहेको एल्चेसंग भिड्ने छ । एल्चेसंगको खेल जितेमा बार्सिलोना तेस्रो स्थानमा उक्लने छ ।

अहिलेसम्म लिगमा १८ खेल खेलेको बार्सिलोना १० खेलमा जित र समान ४÷४ खेलमा बराबरी र पराजित हुँदै ३४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।

यता अहिलेसम्म १७ खेल खेलको एल्चे ३ खेलमा जित ८ खेलमा बराबरी र ६ खेलमा पराजित हुँदै १७ अंकसहित अंक तालिकाको १८ औं स्थानमा छ ।

१७ खेलमा ४४ अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here