नेपाल प्रहरीका १८ एसएसपीको सरुवा र पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं, ११ माघ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा र पदस्थापन भएको छ ।

गत पुस २९ गते बढुवाका लागि सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ७ जनाको सरुवा तथा पदस्थापन भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी कृष्णकुमार महत प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका छन् भने गोविन्द कुमार साह प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा पदास्थापन भएका छन्।

यस्तै उमाशंकर पञ्जियारको प्रहरी प्रधान कार्यालय नक्साल अपराधन अनुसन्धान महाशाखामा पदस्थापन भएको छ। अर्जुन चन्द ठकुरीको कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here