पत्रिकामा बेरिएका खानेकुराले निम्त्याउछ यस्ता समस्या

काठमाडौं । हिजोआज सजिलोका लागि जुनसुकै खानेकुरा पत्रिकामा बेर्ने वा पत्रिकाले छोप्ने चलन बढ्दो छ ।

विशेषगरी चटपटे, पकौडा, समोसा, पुरी, जेरी आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि पत्रिकाकै प्रयोग गरिन्छ ।

तर, पत्रिकामा राखिएका खानेकुरा अस्वस्थकर हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवन स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताएको छ । यसले यस्तो खानेकुार नखान नागरिकहरूलाई सचेत गराएको थियो ।

पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा यसले क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग जस्ता समस्याहरु पैदा हुने उक्त रिपोर्टमा भनिएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here