शक्ति प्रदर्शनमा नेकपाका दुई समूहबीच प्रतिस्पर्धा, ओली पक्षले दुई लाख जनता उतार्ने

काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ ।

ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको जनाएको छ ।

त्यस्तै, कमिटीले प्रचण्ड९माधव नेपाल समूहले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बागमति प्रदेश संगठन कमिटीले पत्रकार सम्मेलन गरी दुई लाख जनता सहभागी गराउने बताएको छ ।

नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिल समेत गरेको छ । फोहोर भईहालेमा कार्यक्रमको समापनपछि स्वयमसेवकले त्यसलाई सफा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले पनि २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

शक्ति प्रदर्शनमा नेकपाका दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शुक्रबार गरेको शक्ति प्रर्दशनलाई साँघुरा गल्लीमा अलिअलि जम्मा गर्दैमा आमसभा हुँदैन भनेर व्यंग्य गरेका थिए ।

ओलीले रत्नपार्कमा ८ , १० हजार मान्छे देखेर भुइँमा खुट्टै नभएको आरोप लगाउँदै आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका थिए । प्रचण्ड पक्षले सोमबार तेस्रो चरणको आन्दोलन घोषण गर्दै काठमाडौंमा २८ गतेको प्रदर्शनमा २५ हजार मान्छे उतार्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here