जन्मजात ओठ काटिएका बालबालिकाको नि:शुल्क शल्यक्रिया

काठमाडौं, १२ माघ । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा जन्मजात ओठ काटिएका बालबालिकाको नि:शुल्क शल्यक्रिया हुने भएको छ ।

शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी तथा बर्न विभागको पहलमा उक्त शल्यक्रिया हुन लागेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीद्धारा जारी सूचनामा जनाइएको छ ।

सूचना अनुसार प्लाष्टिक सर्जरी तथा बर्न विभागले स्माइल ट्रेन नामक अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा बालबालिकाको शल्यक्रिया गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here