निर्वाचन आयोगमा पत्र बुझाएर फर्कियो प्रचण्ड-माधव समूह

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव समूह छलफलमा सहभागी नभई पत्र बुझाएर निर्वाचन आयोगबाट फर्किएको छ।

शुक्रबार बिहान आयोगले केपी ओली र प्रचण्ड–नेपाल समूहलाई छलफलका लागि बोलाएकोे थियो । आफ्नो समूहका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेको र माघ १८ अघि आयोगमा उपस्थित हुन नसक्ने पत्र बुझाएर फर्किएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

प्रचण्ड–नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणी पोखरेल र मुक्ती प्रधानले आयोगलाई पत्र बुझाउँदै दुवै अध्यक्ष जिल्ला बाहिर रहेकाले १८ गतेपछि मात्रै छलफलमा बस्ने जवाफ दिएका थिए ।

पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनैतिक कार्यक्रममा व्यस्त हुनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनु भएको हुँदा सोको लागि आज तोकिएको समियमा उपस्थित हुन सम्भवन हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु ।’

प्रचण्ड–नेपालले माघ १८ गतेपछि मात्रै छलफलको आयोजना गर्न निर्देशन दिएको पार्टी सचिव श्रीराम ढकालले काटेको पत्रमा उल्लेख गरिएको छ ।

यस अघि आयोगले दुवै पक्षलाई पत्र लेखेर स्वयं अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जना प्रतिनिधिलाई आयोगमा छलफलका लागि बोलाएको थियो।

यसअघि दुवै पक्षले आयोगका बुझाएका विवरण अनुसार आयोगले एक पक्षलाई वैधानिकता दिन अस्वीकार गरेको थियो।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोकेपछि नेकपामा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो पक्षलाई आधिकारिक भन्दै विभिन्न निर्णय गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here