नेपालमा कोरोना खोपमा सहभागि उत्साहजनक, कुन प्रदेशमा कतिले लगाए ?

काठमाडौं, २० माघ । नेपालमा बुधबारबाट शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा उत्साहजनक सहभागि भएका छन् ।

खोप अभियानको छैठौं दिनसम्म १ लाख १३ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार मात्र २५ हजार १ सय ६८ जनाले कोरोना खोप लगाए छन् । पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौ दिन २३ हजार ५ सय ८५ जनाले कोरोनाको खोप लगाएका थिए।

सोमबार प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकीमा १३ हजार ९ सय २२, लुम्बिनीमा १४ हजार ६ सय ४०,कर्णालीमा ६ हजार १ सय ३१ र सुदूरपश्चिममा ७ हजार ८ सय ५७ ले खोप लगाका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here