प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल, निर्वाचन तयारी नरोक्न आग्रह

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग करिब १ घण्टा छलफल गरेका छन् ।

मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग करिब एक घण्टा छलफल गरेका हुन् ।

सो छलफलका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here