‘संस्थाविरुद्ध बोलेको छैन, कागजी बादशाहको खलपात्र विरुद्ध बोल्न पाइन्छ’

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै उठाइएको प्रश्नको खण्डन गरेकी छिन् ।

राजधानीमा आज आयोजित विरोधसभामा उनले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका गलत कार्यका विरुद्धमा बोल्न पाइने बताइन् ।

‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध बोलेको छैन,’ उनले भनिन्, ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन ? भागरथी, निर्मलाकोविरुद्ध १८ वर्ष विद्या भण्डारीले नेतृत्व गरेको अनेमसंघ बोल्यो कि बोलेन ? कुनै पनि सार्वजनिक पदको लिग हुँदैन बोल्न पाइन्छ ।’

‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । जनताका मुखमा टेप टाँसिएको छैन । अँध्यारा कोठामा भएका सेटिङविरुद्ध बोल्न पाइन्छ,’ झाँक्रीले भनिन्, ‘२०४७ सालको आन्दोलन र ०६२/६३ सालको आन्दोलनले भन्छन्, बोल्न पाइन्छ । नागरिकका आन्दोलनले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ उनले भनिन् ।’

ओली कागजी बादशाह हुन्, सन्की प्रधानमन्त्रीका व्याधा राष्ट्रपति बनेकी छन् । ‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् ।

ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरु बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here