‘प्रतिगमनविरुद्ध सिंहदरबार र बालुवाटार घेर्नेगरि आँधी-हुरी आउँछ, कसैले थाम्‍न सक्दैन’

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्।

काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले अदालत, निर्वाचन आयोग सबैले केपी ओलीको विपक्षमा फैसला गर्ने विश्वास लागेको बताउँदै यस्तो कुरा बताएका हुन् ।

‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं उनले भने ।’

‘सर्वोच्च अदालतको न्यायधीहरूले पनि पनि जनताले के चाहेको छ भन्ने देखिसकेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनमा गयो भने के हुन्छ भन्ने बुझे हुने चेतावनी दिए’ उनले भने, ‘आजको जनताको उपस्थितिले संविधान र जनताको पक्षमा निर्णय गर्न सहयोग पुग्छ।’

‘सर्वोच्चको अदालतको निर्णय जनताको पक्षमा आएन भने नेपालमा कसैले थेग्न नसक्ने आँधी-हुरी आउँछ’ उनले भने, ‘ओलीको सनकको भरमा डराएर कसैले फैसला गर्दैनन्। जनताको आवाज नसुनेर ओलीको सनकलाई कसैलाई मान्दैनन्।’

अरु त अरु उहाँसँग रहेका २ जना मन्त्री पनि फर्कन म सँग वार्ता गर्दैछन् ।’

उनले ओलीलाई पदबाट राजीनामा दिएर पश्चताप गर्न पनि सुझाब दिए । ‘केपीजी तपाइँले साह्रै ठूलो अपराध गर्नु भयो । म सुझाब दिन्छु । राजीनामा दिनु र पश्चताप गर्नुस् । तर, तपाईँ निरकंशु हुँदै जानु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here