काठमाडौं, २९ माघ । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।
राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न पक्राउ गरेको झाँक्री महानगरीय अपराध महाशाखाले ५ घण्टापछि रिहा गरेको हो ।
उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् ।