बच्चालाई खाना खुवाउँदा ध्यान दिनुहोस् यी ५ कुरामा

सबै आमा बुबाले आफ्नो बच्चाको स्वास्थ्य र उनीहरुको खानपिन मा विशेष ध्यान दिनु धेरै जरुरी छ । जसले गर्दा बच्चाहरु स्वस्थ रहन्छन् र मानसिक रुपमा पनि स्वस्थ हुन्छन् ।

आजकाल धेरै आमाबुबाको गलत खानपान र खराब जीवनशैलीको कारणले गर्दा बच्चाहरु पनि खराब बानीको सिकार भएका छन् । त्यसैले बच्चाहरुको सही वा गलत बानीको लागि आमा बुबा जिम्मेवार हुन्छन् ।

यदि तपाईं पनि आफ्नो बच्चालाई स्वस्थ र हृष्टपुष्ट देख्न चाहनुहुन्छ भने खाना खुवाउने बेलामा यी ५ कुरामा ध्यान दिनुहोस् ।

१. दूध पिउने बानी

धेरै जसो बच्चाहरु आफ्नो आमाको दूध पिउन चाहँदैनन् जुन उनीहरुको स्वस्थको लागि धेरै नै महत्व हुन्छ । यस्तो अवस्थामा आमाहरु निकै नै दुखी हुन्छन् । उनीहरुले आफ्नो बच्चालाई दूध खुवाउन धेरै नै जुक्ति लगाउनु पर्ने हुन्छ जस्ले गर्दा बच्चाहरुको स्वास्थ्यमा असर पर्छ ।

जब बच्चाको मन हुन्छ तब मात्र दूध दिँदा उनीहरुको स्वास्थ्यलाई फाईदा हुन्छ । बच्चा दूध पिउन मान्दैनन् भने उनीहरुलाई जबरजस्ती दूध नखुवाउनुहोस् र अन्य पाउडर दूधको प्रयोग नगर्नुहोस् । यसले तपाईको बच्चालाई नोक्सान गर्न सक्छ ।

सकेसम्म आफ्नो बच्चालाई शुद्घ दूध खुवाउने गर्नुहोस् । आमा बुबाले सुरुबाट नै आफ्नो बच्चालाई दूध पिउने बानी बसालेमा बच्चाले सहजै दुध पिउँछन् ।

२. बसेर खाने

ठुला वा साना मानिस सबैले खाना खाँदा बसेर नै खाने गर्नु पर्दछ । त्यसैले तपार्इं आफ्नो बच्चालाई बसेर नै खाना खाने बानी बसाल्नु होस् । यसले बच्चाहरुको सहज शारीरिक विकास हुन्छन् ।

बच्चालाई खाना खु्वाउँदा जहिले भुईमा राखेर खाना खुवाउनुहोस् । यसले दुई कुरामा फाईदा हुन्छ । पहिलो, खाना लुगामा झर्ने सम्भावना कम हुन्छ र भुईमा बसेर खाना खादा पेल्विक हेल्थ पनि राम्रो हुदै जान्छ ।

३. खाना खाएर खेल्ने

जसरी हाम्रो शरीरलाई प्रोटीन र क्याल्सियम जस्ता पोषण तत्व धेरै जरुरी हुन्छ । ठीक त्यसै गरी हाम्रो शरीरले प्रोटीन र क्यालसियम पचाउनु पनि जरुरी हुन्छ । त्यसैले तपार्इं आफ्नो बच्चालाई खाना खाने बित्तिकै सुत्न नदिनुहोस् ।

खाना खाएर बच्चालाई केहि खेल्न वा शारीरिक गतिविधि गर्न दिनुहोस् । जस्ले गर्दा बच्चाको उर्जा सकिन्छ । स्वास्थ्य विज्ञहरुले पनि सुत्नु भन्दा १ घन्टा अगाडी खाना खाने सुझाव दिन्छन् ।

४. समयमा सुताउने

बच्चाहरुको स्वास्थ्यको लागि समयमा सुत्न र भरपूर निन्द्रा लिन अत्यावश्यक हुन्छ । यदि बच्चाहरु राम्रो सँग निदाउन सकेनन् भने उनीहरुको सिक्ने क्षमता प्रभावित हुन्छ ।

त्यसैले तपार्इं आफ्नो बच्चाहरुलाई बेलुका नौ देखि साढे नौ बजे सम्म सुताउने प्रयास गर्नुहोस् । छिटै सुत्ने र छिटै उठ्ने बानी स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

५. खाने समयमा टिभी हेर्न नदिने

खाने समयमा टिभी हेर्नु खराब बानी हो । यदि तपाईको बच्चाको यस्तो बानी छ भने तुरुन्तै हटाउनुहोस् ।

धेरै जसो मानिसहरु रातको खाना खाने समयमा टिभी हेर्छन् । यस्तो बानीको कारण बच्चाको शरीरमा भएको भोजनले पोषण पाउदैन । त्यसैले बच्चाले खाना खाने बेलामा टिभी नखोलिदिनुहोस् र आफ्नो यस्तो बानी छ भने पनि तुरुन्तै छुटाउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here