‘संसद पुनःस्थापना भयो भने प्रचण्ड र नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न मै कहाँ आउनुपर्छ’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न आफु कहाँ नै आउनु पर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित आफूनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको दाबी गरे ।

उहाँहरुको कुनै चान्स छ ? कुनै सम्भावाना छ प्रधानमन्त्री हुने ? विलकुल छैन । ‘एक प्रतिशत मात्रै होइन कि एक प्रतिशतभन्दा पनि तलतल । लडाइँ जित्नु भो भने उहाँहरुले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हो । खोज्दै हिँडेर अन्त्यमा मैकहाँ आइपुग्नुपर्छ,’ उनले भने ।

प्रतिनिधि सभा पुनःस्थापनानहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनःस्थापना भएमा जस्तासुकै परिस्थिति आए पनि सामना गरे बताए ।

पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको ओलीको भनाइ छ। उनले सूर्य चिह्नमा प्रचण्ड नलडेकोले उनले सूर्य चिह्न नपाउने दाबी गरे । आफू २०४८ सालदेखि सूर्य चिन्हमा चुनाव लड्दै आएको ओलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here