विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी भूमिका

काठमाडाैं, १६ जेठ । लैंगिक समानताकाे लागि आवाज उठाउँदै आएका विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ पनि समावेश भएकी छन् ।

बेलायती गैरसरकारी संस्था अपोलिटिकलले सार्वजनिक गरेको सूचीमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामालगायत लैंगिक समानताकाे लागि लड्दै आएका संसारका प्रभावशाली एक सय व्यक्ति रहेका छन् ।

भूमिकालाई अपोलिटिकलले युवा नेता क्याटेगोरीमा राखेको छ । राजनीतिज्ञ, प्राज्ञ, कर्मचारी, अधिकारकर्मी लगायतका १०० जना रहेको सूचीमा लैंगिक समानताको लागि योगदान पुर्याएका प्रेरक व्यक्तित्वहरु रहेको संस्थाले बताएको छ ।

नाै हजार भन्दा बढी मनोनयनबाट एक सय जना छानेको पनि संस्थाले बताएको छ ।

भूमिकाको बारेमा परिचय दिँदै संस्थाले उनी तेस्रोलिंगी अधिकारकर्मी, अभिनेत्री र मोडल भएको उल्लेख गरेको छ ।

ब्लु डायमन्ड सोसाइटीमा आबद्ध उनले नेपालको ट्रान्सजेन्डर आन्दोलनमा महत्वपूर्ण योगदान दिएको
पनि संस्थाले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here