पेट्रोल र डिजेलको मूल्यवृद्धिको विरोध गर्दै ८ करोड भारतीय व्यापारी आन्दोलनमा

काठमाडौं । पेट्रोल र डिजेलको मूल्यवृद्धि र वस्तु एवं सेवा कर वृद्धिको बिरोधमा ८ करोड भारतीय व्यापारी आन्दोलनमा उत्रिएका छन् ।

४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी भएको आन्दोलनले ‘भारत बन्द’ को घोषणा गरेको छ ।

अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको थियो ।

बन्दका कारण भारतका धेरैजसो व्यापारिक क्षेत्र ठप्प भएका छन् । बन्दका कारण यातायात सेवा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै चलेका थिए भने ई-बिलयुक्त सामानको बिक्री प्रभावित भएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here