आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक डेढ अर्ब नोक्सान

काठमाडौं, १७ फागुन । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी)ले सोमबार दिएको जानकारीअनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप उसले सोमबारदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रुपैयाँ, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५ रुपैयाँ, हवाई इन्धनमा ४.०६ रुपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ९१.९६ रुपैयाँ थप भएको छ ।

दुई हप्ता अघि फेब्रुअरी १६ मा निगमले काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य रु. १ सय १४, डिजेल र मट्टितेलको मूल्य रु. ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु. ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु. १ हजार ४ सय तोकेको थियो ।

सो मूल्यअनुसार तेल तथा ग्यास बेच्दा निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ५४ करोड घाटा हुने उसको भनाइ छ । निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उसले जानकारी दिएको छ ।

साथै हालको मूल्य समायोजन पश्चात् पनि भारतिय सीमा रक्सौलसँग जोडिएको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३५.९३ र डिजेल प्रति लिटर रू. ४२.०७ से नेपालतर्फ सस्तो रहेको पनि उसले बताएको छ ।

यसैवीच नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलमा मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २र२ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here