विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै

काठमाडौं, १८ फागुन । सरकारसँग वार्ताको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने रहेको छन् ।

यसअघि सरकारले आज मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । बादलले आफ्ना पूर्वसहकर्मीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर विप्लवसँग सहकार्य गर्ने मनस्थिति बनाएका छन् । ओली समूहमा रहेका बादल विप्लवसँग सहकार्य भएको खण्डमा प्रतिबन्धले चिसिएकाे जनयुद्धको मित्रता पुनः प्रगाढ हुने सम्भावना देखिन्छ ।

१० वर्ष सहकर्मी भएर जनयुद्ध लडेका बादल संयोगले सरकारमा छन् भने विप्लव भूमिगत जीवन बिताइरहेका छन् । १० वर्षे जनयुद्धसँगै लडेर आएका बादल र विप्लव प्रतिबन्ध फकुवापछि पहिलो पटक आमने-सामने हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here