इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट, पाँच किलोमिटर माथिसम्म फैलियो धुँवा

काठमाण्डौ । इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको छ । उक्त क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ ।

विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको छ । इन्डोनेशियामा अहिले १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here