सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकियो

काठमाडौं, १९ फागुन । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दोस्रो चरणको वार्ता छिट्टै सकारात्मक निष्कर्ष पुग्ने अपेक्षासहित सकिएको हो ।

वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी टोलीका सदस्य डा. राजन भट्टराईले जानाकारी दिए ।

विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।

सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here