३ हजार ७१४ सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा

काठमाडौं, २० फागुन । देशभरका ३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले देशभरका ३ हजार ७१४ सामुदायिक विद्यालय इन्टरनेटको पहुँच पुगेको जानकारी गराएका हुन् ।

खनालले हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्रमा पनि इन्टरनेटको पहुँच पुगेको बताए ।

सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउने उद्देश्यअनुरुप शतप्रतिशत विद्यालयमा जडान सम्पन्न भइसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here