एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here