गोरखामा फागुन २३ बाट दोस्रो चरणको कारोना विरुद्धको खोप अभियान, कस्ता व्यक्तिले पाउछन् खोप ?

गोरखा । जिल्लामा फागुन २३ गतेबाट ५५ बर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सार्वजनिक यातायातका मजदुरलाइ लक्षित गरी कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुदैछ ।

अभियानका लागी सम्पूर्ण तयारी पुरा भएको स्वास्थ्य कार्यालयले गोरखाले जनाएको छ । खोप अभियानमा जेष्ठ नागरिकलाइ पहिलो प्राथमिकतामा राखिएको कार्यालयले बताएको छ ।

दोस्रो चरणमा करिव ४५ हजारलाइ खोप लगाउने लक्ष्य राखिएको छ । ५५ बर्ष माथिका ४० हजार छ सय पाँच, तीन हजार छ सय ५७ जना समुदायिक तथा निजी बिद्यालय शिक्षक र आठ सय ६८ जना यातायात मजदुरलाइ खोप लगाउने लक्ष्य रहेको छ । स्थानीय तहको प्रत्येक वडामा रहेको स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।

तीन दिन सम्म खोप अभियान संचालन हुने बताइएको छ । कार्यालयका अनुसार खोप अभियानका लागी करिव चार सय जना स्वास्थ्यकर्मी खटिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here