बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

काठमाडौं । अमेरिकीको तल्लो सदनले पनि राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ ।

उक्त राहत प्याकेज अमेरिकाको हाउस अफ रेप्रिजेनटेटिभ पारित गरेको हो ।

हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ ।

राष्ट्रपति जो बाइडनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणको कारण पाँच लाख ४२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । दुई करोड ९८ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here