वाईवाई ग्लोकल टिन हिरोको पूर्वी एक्टिभेशन २०१९ सम्पन्न

काठमाडौं, जेठ १९ । किशोर किशोरीहरुमा हुने प्रेरणा र उत्साह प्रस्फुटन गराइ उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’को नेपालको पूर्वी भागबाट एक्टिभेसन सुरु भएको छ ।

आयोजक ग्लोकल प्रालीले यस मञ्च मार्फत किशोरकिशोरीहरुमा उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने बताएको छ ।

समर्पित र रचनात्मक किशोर किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने कार्यक्रमको यो पाँचौ वर्ष भएको पनि कम्पनीले जानकारी दिएको छ ।

टिन होरोको रुपमा सन् २०१५ मा नवलपरासीकी १७ बर्षिया बाल अधिकार अभियन्ता विपना शर्मा २०१६ मा युवा वैज्ञानिक, सन्तोष लामिछाने, २०१७ मा दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी र गत वर्ष रूकुमकी १७ बर्षीय सामाजिक कार्यकर्ता प्रशंशा के सी बिजेता भइसकेका छन्

देशका विभिन्न भेगमा नविनतम सिप र प्रभावका किशोर किशोरी माझ ग्लोकल टिन हिरोको अवसरको जानकारी पुर्याउने ध्येयका साथ यो वर्ष पनि ग्लोकल प्रालीले नेपालको पुर्वी भेगबाट एक्टिभेशन सुरु भएको छ ।

कार्यक्रमको बारेमा जानकारी पुर्याउने उद्देश्यले प्रदेश नम्बर १ को विभिनन १६ वटा विद्यालयमा ३ हजार भन्दा धेरै किशोर किशोरीमाझ पुगेको आयोजकले बताएको छ ।

एक्टिभेसनकै क्रममा बिराटनगरका मेयर भिम पराजुली, दमक नगरपालिकाका उपमेयर गिता माया अधिकारीसंग पनि अन्तक्रिया गर्दै ग्लोकलले अझै धेरै किशोर किशोरी माझको अवसर पुर्याउने प्रतिबद्धता लिएको छ ।

यस्ता एक्टिभेसन र अन्तरक्रिया कार्यक्रम लिएर ग्लोकल टिन हिरो नेपालका अन्य प्रदेश तथा सहरमा समेत पुग्ने बताइएको छ । वाई वाई ग्लोकल टिन हिरो नेपाल २०१९का लागि साउन १५ गते सम्म निशुल्क आवेदन www.glocalteenhero.com मार्फत भर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here