मालबाहक सवारीलाई उपत्यकामा दिनभर “नो इन्ट्री”

२० जेठ, काठमाडौं । काठमाडौं उपत्यका भित्र सवारी चाप नियन्त्रण तथा सुरक्षा अभिवृद्धि गर्न उपत्यका भित्र मालबाहक सवारीलाई दिनभर प्रवेश रोकिने भएको छ ।
असार १ बाट लागु हुने गरी सरकारले दिनभर काठमाडौं उपत्यकाभित्र मालबाहक सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उपत्यकाभित्र सवारी चाप नियन्त्रण गरी यात्रुको सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णयमा पुगेको यातायात व्यवस्था विभागको भनाई छ ।

विभागको यस निर्णयसँगै अब निर्माण सामग्री, खाद्यन्नजस्ता सामग्री बोकेका सवारी साधन रात पछि मात्र उपत्यकाभित्र भित्रने पाउनेछन् ।

विभागका अनुसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म कायम रहने बताइएको छ । दूघ, अक्सिजनजस्ता अत्यावश्यक सेवाका सामग्रीको ढुवानीमा भने रोक लगाइएको छैन । शनिबार र बिदाका दिनमा पनि सबै प्रकारका सवारीले निर्वाध प्रवेश पाउनेछन् ।

विभागले हरेक नाकामै मालबालक सवारी साधन रोक्ने र साँझ ७ बजेपछि मात्र उनीहरुलाई अनुमति दिने निर्णय भएको जानकारी दिएको छ ।

१ असारबाट दिनको समयमा काठमाडौं र ललितपुरमा चक्रपथ भित्र मालबाहक सवारी साधन चलाउन पाइने छैन । भक्तपुरको भित्रि शहरमा पनि यस्ता सवारीमा रोक लगाउने तयारी छ ।

चक्रपथ बाहिर काठमाडौं र ललितपुरका चावहिल, जोरपाटी सडक, गोपीकृष्ण, कपन सडक, नारायणगोपाल चोक, बुढानीलकण्ठ सडक, बसुन्धरा क्षेत्र, सामाखुसी ग्राण्डी अस्पताल सडक, वागडोल नख्खु सडक, सातदोबाटो हरिसिद्धि सडक,ग्वार्को चापागाँउमा समेत मालबाहक सवारीलाई दिनको समयमा प्रवेश रोकिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here