च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने टोलीको टुंगो लाग्यो

काठमाडौं । च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ ।

बुधबार राति अन्तिम १६ अन्तर्गत खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएसंगै यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको टुंगो लागेको हो ।

चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक ३ क्लब क्वाटरफाइनल पुगेका छन् । यस्तै, जर्मनीबाट बार्यन र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेका छन् ।

यस बाहेक स्पेनबाट सर्वाधिक १३ पटकको च्याम्पियन रियल मड्रिडमात्र क्वाटरफाइनल पुगेको छ । स्पानिस क्लबहरु बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया भने अन्तिम १६ बाटै बाहिरिए ।

फ्रान्सबाट पेरिस सेन्ट जर्मने पीएसजी र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगेका छन् । युरोपको शीर्ष पाँच लिगमध्ये इटालियन सिरी ए बाट भने कुनै टोली क्वाटरफाइनल पुग्न सकेनन् ।

इटालियन क्लब युभेन्ट्स, लाजियो र एटलान्टा अन्तिम १६ बाटै बाहिरिएका हुन् ।

क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here