लगानीकर्ताको रोजाइमा पुनर्बीमा देखि निफ्रासम्म, कुनको कारोबार कति ?

काठमाडौं, ५ फागुन । साताको कारोबार हुने अन्तिमदिन लगानीकर्ताको रोजाइमा नेपाल बंगलादेश बैंकको शेयर परेको छ ।

विहिबार सर्किट लागेको बंगलादेश बैंकको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन बंगलादेश बैंकको ७७ करोड ३ लाख १८ हजार ७९० रुपैयाँ बराबरको २२ लाख ३४ हजार २७३ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

३१८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ३१ रुपैयाँ बढ्दै ३४९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै निफ्राको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । निफ्राको २१ करोड ६६ लाख ९५ हजार २७८ रुपैयाँ बराबरको ४ लाख ९ हजार २८३ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

५३० रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर ५ रुपैयाँ घट्दै ५२५ रुपैयाँमा कारोबार भएको छ ।

लगानीकर्ताको रोजाइको तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर परेको छ । त्यसदिन नेपाल लाइफको १३ करोड ४४ लाख ९५ हजार ८६६ रुपैयाँ बराबरको ६४ हजार ९९४ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको आधारमा चौथो नम्बरमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । त्यसदिन कम्पनीको १२ करोड ३६ लाख ५६ हजार १६६ रुपैयाँ बराबरको ६६ हजार ७१ कित्ता शेयर किनबेच भएको छ । १३८१ मा कारोबार शुरु भएकको उक्त कम्पनीको शेयर मूल्य २५ रुपैयाँ बढेर १४०६ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौ नम्बरमा अपर तामाकोशीको शेयर परेको छ । तामाकोशीको १२ करोड १२ लाख ८३ हजार १७७ रुपैयाँ बराबरको १ लाख ८८ हजार ३१ कित्ता शेयर किनबेच भएको छ । ६४४मा कारोबार शुरु भएको उक्त कम्पनीको शेयर ६ रुपैयाँ घट्दै कारोबार बन्द भएको छ ।

पोजेटिभ सर्किट लागेको चन्द्रागिरी हिल्स, ग्रीनलाइफ हाइड्रोपावर, युनाईटेड इदी९मार्दी शेयर लगानीकर्ताको रोजाइमा परेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here