शेयर बजारमा उछाल, नेप्से ४३ अंकले बढ्दा ४ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ५ चैत । साताको अन्तिम कारोबार दिन आजपनि शेयर बजारमा उछाल देखियो । बिहीबार नेप्से परिसूचक ४२.९५ अंकले बढेर २४७५.०९ अंकमा पुग्यो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बिहीबार इन्डेक्स ५.५५ अंकले बढेर ४४४.१५ अंकमा पुग्यो । यो बुधबारको तुलनामा १.२६ प्रतिशत बढी हो ।

बिहीबार ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । आज ट्रेडिङको सूचक १.०६ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको बढ्यो । यो समुहको सूचक ४.१० प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ३.०२, जीवन बीमाको २.५५ प्रतिशत बढ्यो ।

बुधबारको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भयो । आज २ सय १३ कम्पनीको १ करोड ११ लाख ३० हजार १ सय ९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार ४ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा यूनाइटेड मार्दी हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, चन्द्रागिरी हिल्स र नेपाल बंगलादेश बैंक रहेका छन् ।
सबैभन्दा धेरै जोशी हाइड्रोपावरका शेयर धनीले गुमाए । हाइड्रोको शेयर मूल्य ६.८५ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल बंगलादेश बैंकले गर्यो । बैंकले ७६ करोड ७६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here