आगलागीबाट ११ महिनामा एक अर्ब ५९ करोडको क्षति, ७९ जनाको मृत्यु

काठमाडौं, ५ चैत । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । बाढि-पहिरो, कोरोनाले पुर्‍याएको क्षतिलाई बिर्सन नपाउँदै हिउँदेयाम शुरु भएसँगै आगलागीका प्रकोप देखा परेका छन् ।

आगलागीबाट यो वर्षको ११ महिनामा मात्रै १ अर्ब ५९ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यो वर्षको ११ महिनामा मात्रै १ अर्ब ५९ करोड रुपैयाँ बराबरको क्षति भएको हो । वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना रेकर्ड भएका छन् ।

देशभर ७९ जनाको मृत्यु

प्राधिकरणका अनुसार यस समयमा भएका आगलागीका दुई हजारभन्दा धेरै घटनामा परेर देशभर ७९ जनाको ज्यान गएको छ भने, यस घटनामा ३३२ जना घाइते भएका छन् ।

०७६ सालमा देशभर दुई हजार ४८७ वटा आगलागीका घटना घटेका थिए । ४९ जनाको मृत्यु र २९४ जना घाइते भएका थिए । उक्त वर्ष आगलागीले देशभर दुई अर्ब ७८ करोड ९४ लाख १७ हजार ६२० रूपैयाँ बराबरको क्षति गरेको थियो ।

२०७५ सालमा दुई हजार ७७२ वटा आगलागीका घटना भएका थिए । ती घटनामा परी ८९ जनाले ज्यान गुमाएका थिए भने ३४३ घाइते भएका थिए ।

देशभर चार अर्ब पाँच करोड ६३ लाख ८५ हजार ८३४ रूपैयाँ बराबरको क्षति भएको केन्द्रको तथ्यांकले देखाउँछ । आगलागीबाट बच्ने सबैभन्दा ठूलो उपाय भनेको व्यक्तिगत सावधानी नै हो ।

आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्छ । हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here