यी हुन् औषधीय गुण भएका तरकारी, कुन तरकारीमा के औषधि ?

काठमाडौं । हरेका प्रकारका तरकारीहरुमा कुनै न कुनै किसिमका पौष्टिकतत्व पाइन्छ । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा यसले रोगको सम्भावनालाई पनि निकै कम गर्छ ।

गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर भित्र गएर भिटामिन ‘ए’ मा परिणत हुन्छ । साधारणतया तरकारीमा कार्बोहाइड्रेड मध्ये माड र सेलुलोज, खनिज पदार्थमा आइरन र क्याल्सियम र भिटामिन ए, बी र सी प्रशस्त मात्रामा पाइन्छ । तरकारीमा कोलेरेस्टोल भने हुदैन । तरकारीमा फाइबरको अधिक हुन्छ ।

भिन्डी

भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ । भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचन शक्ति मजबुत बनाउछ । कब्जियतबाट बचाउछ । रोग प्रतिरोध क्षमता बढाउछ । रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ । गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

गोलभेंडा

नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, स्वास्थ्यको लागि पनि उति नै लाभकारी मानिन्छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ ।

यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ । दिनहुँ गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै आँखा रोगको समस्या पनि हुँदैन।

बन्दा

बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन् । जसले हामीहरुलाई निरोगी बनाउँछ । बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।

ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here