कनेक्ट आईपीएसमार्फत हुने कारोबारकाे सीमा दोब्बर बढ्यो

काठमाडौं, ५ चैत । नेपाल क्लियर हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत् हुने कारोबारको सीमा दोब्बर बढाएको छ ।

कम्पनीले आफ्नो वेब र मोबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सीमालाई दोब्बर बढाएको हो ।

अब कनेक्ट आईपीएस मार्फत एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँसम्मको थियो।

त्यस्तै कनेक्ट आईपीएसको मोबाइल एपबाट अब दैनिक २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ। यसअघि यस्तो सीमा १ लाख रुपैयाँसम्मको थियो।

त्यस्तै एकपटकमा वेबसाइटबाट काराेबार गर्दा १० लाख र माेबाइल एपबाट काराेबार गर्दा एक लाख रूपैयाँ सीमा ताेकिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here