तौल कम भएर चिन्तित हुनुहुन्छ ? खानुहोस् यी पाँच ड्राई फ्रुट्स

काठमाडौं । मोटोपन अधिकांशका लागि समस्या होला ! तर, कतिपय मानिस दुब्लोपनका कारण चिन्तित हुन सक्छन् । तौल बढाउन सजिलो मानिए पनि केही मानिस भने आवश्यक तौलसमेत नभएका कारण चिन्तित छन् ।

शरीरको तौल कम हुनु पनि अत्यधिक तौल हुनेजस्तै स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । शरीरको तौल ठिक्क कायम गर्न धेरै खाद्य पदार्थको सेवनले सहयोग पुर्याउन सक्छन् । तीमध्ये स्वस्थ पोषक तत्वले भरिएका ड्राई फ्रुट्सले तौल बढाउन मद्दत गर्छन् ।

बदाम

बदाममा फ्याट र क्यालोरीको मात्रा उच्च हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ । बदामको सेवन गरेर अत्यधिक बोसो बढ्दैन । यसको सेवनले निश्चित रूपमा केही मांसपेशीको निर्माण गरी स्वस्थ तौल कायम गर्न सहयोग पुग्छ ।

किसमिस

किसमिस क्यालोरीको मात्रा बढाउने सबैभन्दा सजिलो ड्राइ फ्रुट्स हो । कपर, म्याग्निसियम, भिटामिन र खनिजले भरिएको किसमिसको सेवनले स्वस्थ तौल बढाउन मद्दत गर्छ ।

हाडे बदाम

केवल एक सानो मुठ्ठी हाडे बदाममा १७० क्यालोरी, ६ ग्राम प्रोटिन, चार ग्राम फाइबर र १५ ग्राम स्वस्थ बोसो हुन्छ । स्वस्थ तरिकाले तौल बढाउन चाहनेका लागि यो उत्तम विकल्प हुनसक्छ ।

पास्ता

पास्तामा फ्याट र क्यालोरीको मात्रा उच्च हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ । त्यसकारण तौल घटाउन चाहने मानिसले भने पास्ताको सेवन बढाउनु हुँदैन ।

ओखर

ओखर खानुका धेरै फाइदा छन् । तौल बढाउन र शरीरको वृद्धिका लागि उच्च–ऊर्जा भएको ओखरको सेवन गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here