महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

काठमाडौं, ६ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् ।

खरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार राजीनामा दिएको खरेलले बताए ।

राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ ।

यसअघि, पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका खरेल दोस्रो संविधानसभामा मनोनीत सभासद बनेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here