कम निन्द्राले निम्त्याउन सक्छ यस्ता १० समस्या

काठमाडौं । शरीर र मस्तिष्क राम्रोसँग काम गर्नका लागि सातदेखि आठ घण्टा सुत्न जरूरी हुन्छ ।

तर, कोही मानिस निदाउन नसकेका कारण वा निद्रामा समस्या आएका कारण पाँच घण्टा वा सोभन्दा कम सुत्ने गर्छन् । पर्याप्त निद्रा नपाउँदा शरीर र मस्तिष्कले राम्रो आराम पाउँदैन जसकारण प्रतिरक्षा प्रणाली कमजोर हुने, सोचाइमा समस्या हुने, तौल बढ्ने तथा विभिन्न रोगको जोखिम बढ्न सक्छ । पर्याप्त निद्रा नपाउँदा देखिन्छन् यस्ता समस्याः

१. छिटो बिरामी हुने

निद्राको कमीका कारण शरीरको बिरामी अवस्थाबाट बच्ने क्षमता ९प्रतिरोध प्रणाली कमजोर हुन० बिग्रन सक्छ । यसले मानिसलाई छिट्टै र सजिलै रोगी बनाउँछ ।

२. मुटुमा समस्या

पाँच घण्टाभन्दा कमको निद्रा वा नौ घण्टाभन्दा लामो निद्रा अवधिले हृदयको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने देखाएको छ । निद्रामा कमी आएका कारण कोरोनरी हृदय समस्या र स्ट्रोकको जोखिम बढ्ने हुन्छ ।

३. क्यान्सरको जोखिम बढाउँछ

निद्रामा आएको कमी स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर र प्रोस्टेट क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित हुन्छ ।

४. सोच्ने क्षमतामा कमी

एक रातको निद्राको कमीले मात्र पनि सोच्ने क्षमतामा ह्रास आउन सक्छ । निद्रामा कमीका कारण स्मृति, निर्णय गर्ने, तर्क र समस्या समाधानको क्षमतालगायतका मस्तिष्क कार्यहरू समयसँगै बिग्रँदै जान्छ ।

५. कुरा बिर्सिन थालिन्छ

निद्राको कमीले सामान्य कुराहरू बिर्सनुका साथै निद्राले सिक्ने क्षमता र मेमोरीमा समेत नकारात्मक प्रभाव पार्छ ।

६. सेक्सको चाहना कम हुने

पर्याप्त निद्रा नपाउँदा एक मानिसको सेक्सको चाहना कम हुन सक्छ । एक हप्ता कम सुतेका पुरुषमा टेस्टोस्टेरोनको घटेको अध्ययनले देखाएको छ । साथै, कम सुत्ने मानिसमा सेक्स हर्मोनको मात्रा मात्रा १० देखि १५ प्रतिशत घट्ने गरेको पाइएको छ ।

७. तौल बढ्न सक्छ

निद्राको कमीले मानिस मोटो हुनसक्छ । पाँच घण्टाभन्दा कम सुत्ने मानिसमा तौल बढ्ने र यसले मोटोपनाको समस्यासमेत निम्त्याउने अध्ययनले देखाएको छ ।

८. मधुमेहको जोखिम बढ्ने

मोटोपना बढेसँगै कम निदाउने तथा अत्यधिक निदाउने मानिसको शरीरमा इन्सुलिनको मात्रा नियन्त्रित नहुने हुँदा यसले मधुमेहको जोखिम बढाउन सक्छ ।

९. छालासम्बन्धी समस्या

कम सुत्ने मानिसको अनुहार एकदम थकित देखिन्छ । एकदम कम सुत्ने मानिसहरूमा पिमपल्स आउने, छिट्टै छाला बूढो भएकोजस्तो देखिने, चाउरी पर्ने, छालाले आफ्नो लचिलोपन गुमाउने, छालाको रङ परिवर्तन हुने जस्ता समस्या देखिन सक्छ ।

१०. एक्सिडेन्ट हुने जोखिम बढ्ने

नेसनल स्लिप फाउन्डेसनका अनुसार प्रत्येक रात छ घण्टा वा सोभन्दा थोरै समय निद्रा पाउनेहरू दुर्घटनामा पर्ने सम्भावना तीन गुणा बढी हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here