रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं ६ चैत । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् ।

महान्यायाधिवक्ताले सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन्।

बडाल नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष हुन् । । जिफन्ट सत्तारुढ नेकपा एमाले निकट संगठन हो । प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालपछि सरकारको कानुनी सल्लाहकार पनि जिफन्टकै पोल्टामा परेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले आजै राजीनामा दिएका थिए। प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here