रिना ओझालाई ‘राष्ट्रिय महिला उद्यमी सम्मान’

काठमाडौं । महिला उद्यमी रिना ओझा ‘राष्ट्रिय महिला उद्यमी सम्मान २०२१’ बाट सम्मानित भएकी छिन् ।

रशियन कल्चर सेन्टरमा भएको ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ ‘ कार्यक्रममा ओझालाई राष्ट्रिय महिला उद्यमी सम्मानबाट सम्मानित गरिएको हो ।

लामो समयदेखि कस्मेटिक उद्योगको स्थापना गर्दै आएकी ओझाले समावेशी अर्थतन्त्रको आधार सृजना गर्ने, उद्योग ब्यवसायमा महिलालाई आकर्षित गर्ने, उद्योगमा कार्यरत महिलालाई प्रोत्साहन गर्ने योगदान पुर्याए बापत उक्त सम्मान गरिएको हो ।

मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, पर्यटन र कस्टमेटिक क्षेत्रका विभिन्न विधाका व्यक्तित्वहरू पुरस्कृत एवं सम्मानित भएका थिए ।

कस्टमेटिक क्षेत्रका महिलातर्फ ओझा उष्कृष्ठ ठहरिएकी ओझा ‘Gloria Dew’ स्थापना गरि नेपाली भूमिकै उत्पादनलाई स्थापित गर्न सफल व्यवसायी हुन् ।

नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी दिनुका साथै समाजको हरेका क्षेत्रमा सेवाको भाव राख्ने ओझा विभिन्न संघ-संस्थामा आवद्ध रहदै आएकी छिन् ।

उनले आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गराएकी छन्। आफुले पाएको उक्त सम्मानले हौसालाको साथै सफल महिला उद्यमीको परिचय दिँदा निकै खुसी र थप जिम्मेवारी समेत थपिएको क्लाउड पत्रिकालाई बताईन् । उनले आत्मनिर्भर बन्न अन्य महिलालाई प्रेरणा दिँदै आएकी छिन् ।

सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, संगितकार शम्भुजित बाँस्कोटा, गायिका अन्जु पन्त लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here