काठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा पहिलो दिनमै मागभन्दा डेढगुणा बढी आवेदन परेको छ ।
कम्पनीको सेयर विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार साँझ ५ बजेसम्म २ लाख ५० हजार ४२५ जनाले ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् ।
जसमा ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा १.६० गुणा बढी आवेदन हो ।
कम्पनीले आजदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको हो।
कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।