‘कोभ्याक्सिन’ खोपलाई आकस्मिक प्रयोगको अनुमति

काठमाडौं, ७ चैत । औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइएको हो ।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् ।

यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

थप दुई कम्पनीले नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएका छन् । रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here