थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

काठमाडौं, ७ चैत । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ८१५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या ९९८ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here