नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’

काठमाडौं, ८ चैत । नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा भएको ।

संयुक्त राष्टसंघको दिगो विकास समाधान नेटवर्कले शुक्रवार सार्वजनिक गरेको वल्र्ड ह्यापिनेस रिपोर्टले यस्तो देखाएको हो ।

सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो । नेटवर्कले १४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो । यो सूचीमा चीन ८४ औं र भारत १३९ औं स्थानमा छन् ।

राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो ।

श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here