एनआईसी एशिया लघुवित्तको शेयर कारोबार शुरू

काठमाडौं, ८ चैत । स्वदेशी लघुवित्त वित्तीय संस्था मर्जपछि बनेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार शुरु भएको छ ।

एक आपसमा मर्ज भएका यी दुई संस्थाको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई संस्थाको एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको थियो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।

यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here