निफ्राको स्पष्टीकरण-‘बण्ड जारी र लाभांश नेप्सेमा सूचीकृत हुनु अगाडिकै योजना’

काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टीकरण पठाएको छ ।

नेप्सेले गत चैत ४ गते बैंकलाई विदेशी बजारमा बण्ड जारी गर्ने र १० प्रतिशत लाभांश वितरण गर्ने विषय के हो भनेर स्पष्टिकरण सोधेपछि निफ्राले लिखित स्पष्टीकरण दिएको हो ।

नेप्सेलाई जानकारी नगरी किन ३० मिलियन डलरको बण्ड जारी गर्ने, लण्डन स्टक एक्सचेन्जमा सूचीकृत गराउने र लाभांश वितरण गर्ने विषय मिडियामा प्रचार गरेको लगायतका विषयमा नेप्सेले जवाफ माग गरेको थियो । उक्त विषय नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुभन्दा अगाडिकै योजना रहेको स्पष्टीकरण दिएको छ ।

बण्ड जारीको विषयलाई अन्तिम रुप दिन चाहिने स्वीकृति लिंदै छिटोभन्दा छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचीकृत गराउने गरी बैंक अघि बढेको पनि स्पष्टिकरणमा उल्लेख छ ।

निफ्राले आर्थिक वर्ष ०७७/७८ मा ८ प्रतिशत लाभांश वितरणको प्रक्षेपण गरेको जानकारी गराएको छ । लाभांश वितरण सम्बन्धि निर्णय संचालक समितिको बैठक, सम्बन्धित निकायको स्वीकृति एवम् वार्षिक साधारण सभाले निर्णय गरेपछि मात्र वितरण हुने समेत प्रष्ट पारेको छ ।

‘निफ्रा’लाई नेप्सेको तीनदिने स्पष्टिकरण, ३० मिलियन डलरको बोन्ड ल्याउने सत्य हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here