दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १४ करोड बढीको कारोबार

काठमाडौं, १० चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

मंगलबार नेप्से १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा कायम भएको हो ।

यसदिन २०८ कम्पनीको ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १ सय ६९ रुपैयाँको कारोबार भएको छ । १ करोड २ लाख ७६ हजार ७ सय १० कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज लगानीकर्ता निफ्राको शेयरमा झुम्मिएका छन् । निर्जीवन बीमा कम्पनी उपसमूह सबैभन्दा बढी १७४.०४ अंकले बढेको छ भने जिवन बीमा कम्पनी ९८.७८ अंकले घटेको छ । दश कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

चन्द्रागिरि हिल्स, साल्ट टेडिंग,रसुवागढि हाइडो पावर,कालिका पावर, सान्जेन जलविद्युत,वोमी माइक्रो फाइनान्स,अपर तामाकोशी जलविद्युत,माहुली लघुवित्त,रैरांग जलविद्युत र सूर्यदय लघुवित्तको शेयरमा दश प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here