मंगलबार लगानीकर्ताको रोजाइमा ‘निफ्रा’ र अपर तामाकोशी, कति भयो किनबेच ?

काठमाडौं, १० चैत । मंगलबार लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ ।

सोमबार कारोबारको आधारमा पाँचौ नम्बरमा परेको निफ्राको शेयर मंगलबार सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन निफ्राको ५२ करोड ६० लाख ९४ हजार ५७२ रुपैयाँ बराबरको ९ लाख ७३ हजार ९८१ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

५२४ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य १६ रुपैयाँ बढ्दै ५४० रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबार शुरु भएदेखि उकालो लागेको अपरको शेयर ९.९२ प्रतिशतले बढ्दै सर्वाधिक कारोबार गर्ने सूचीको दोस्रो स्थानमा परेको हो ।

तामाकोशीको ३२ करोड ८१ लाख ५५ हजार ७७४ रुपैयाँ बराबरको ४ लाख १९ हजार ५२२ कित्ता शेयर किनबेच भएको छ । नेपाल बंगलादेश बैंक २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहेको छ ।

आज शेयर बजार मापक सूचक नेप्से १४.५७ अंकले बढेर २५२८.९६ विन्दुमा पुगेको छ । ७२६ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ७२ रुपैयाँ बढ्दै ७९८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटासमूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ३४६.४६ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ९८.७८ अंकले घटेको छ ।

कारोबारमा आएका २०८ कम्पनीमध्ये ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here